नुवाकोटमा बलात्कारपछि वृद्धको हत्या प्रयास

विदुर –  नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास भएको घटना सार्वजनिक भएको छ ।

विदुर नगरपालिका-३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए ।

राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्तीकरणीपछि  हत्या प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता भएको छ ।

प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए । तर, वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन् ।

हाल उनको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

यता अभियुक्त नेपालीलाई बुधबार नै नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले बताएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *