जन्ती लिएर जनकपुर आइपुगे योगि

जनकपुर : भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। रामजानकी विवाह पञ्चमीमा सहभागी हुन मुख्यमन्त्री योगी बुधबार बिहान ११ बजे जनकपुर आइपुगेका हुन्।

योगीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले स्वागत गरेका छन्।

उनी जनकी मन्दिरमा पूजा आजा गरी मधेस भवन तर्फ लागेका छन्। योगीको सम्मानमा मुख्यमन्त्री राउतले विशेष भोजको आयोजना गरेका छन्।

त्यसपछि योगी रामजानकी विवाह कार्यक्रममा सहभागी हुन रंगभूमि जानेछन्।

हेर्नुस् विमानस्थलका फोटोहरू

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *