वाइडबडीमा चिप्लिएका रविन्द्र

काठमाडौं – सभाको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिद प्रक्रियाका सम्वन्धमा सार्वजनिक खरिद अनुगमनको कार्यालयले पठाएको रायमाथि छलफल गर्ने भएको छ ।

गत असोजदेखि नै विभिन्न चरणमा सरोकारवालासँग छलफल गर्दै आएको समितिले आज खरिद अनुगमन कार्यालयले दिएको रायमाथी छलफल गर्न लागेको हो । सिंहदरबारस्थित समितिको सभाहलमा मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा वाइड बडी विमान खरिद प्रक्रियामा भएको भनिएको अनियमितताका विषयमा आएको रायमाथि छलफल गर्ने समिति सचिव समेत रहेका संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । वाइड बडी विमान खरिद गर्दा नेपाल वायु सेवा निगमले गरेको सम्झौता ऐन विपरित भएको प्रतिवेदन सार्वजनिक खरिद अनुगमन कार्यालय संघीय संसद सचिवालयलाई उपलब्ध गराएको छ । खरिद सम्झौता र त्यसका सर्त तय गर्दा उल्लेख हुनुपर्ने बोलपत्र सम्वन्धी कागजातमा कतिपय विषयवस्तु नै नखुलाइएको प्रतिवेदनमा उल्लेख छ ।

वाइड बडी विमान खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै लेखा सहित अन्तर्राष्ट्रिय सम्वन्ध समितिले पनि छानविन गरिरहेको छ । यसअघि बसेको लेखा समितिको बैठकले नेपाल वायु सेवा निगमलाई लिखित प्रश्न पठाएको थियो । २४ अर्बमा दुईवटा वाइड बडी विमान खरिद गर्दा करिब साढे ६ अर्ब रुपैयाँ अनियमिता भएको निगममाथि आरोप छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *