बार्सिलोनासँग बराबरी खेल्दै टोटनह्याम अन्तिम १६ मा

काठमाडौं – युईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनासँग बराबरी खेल्दै इंग्लिस क्लब टोटनह्याम अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले टोटनह्यामसँग १–१ गोलको बराबरी खेलेको हो । एक खेल खेल्ने अघि नै च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गरिसकेको बार्सिलोनाले टोटनह्यामसँग बराबरी खेल्न पुगेको हो ।

टोटनह्याम भने बार्सिलोनासँग बराबरी खेल्दै समूह बी को दोस्रो स्थानमा रहेर नकआउट चरण्मा प्रवेश गरेको हो । टोटनह्यामलाई प्रिक्वाटरफाइनलमा प्रवेश गराउन लुकास मौराले गोल गरे । यता, बार्सिलोनाका लागि भने ओस्मान डेम्बेलेले गोल गरे ।

खेलको सातौ मिनेटमा नै डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा गोल खाएको थियो । खेलको ८५औं मिनेटमा लुकासले गोल गर्दै टोटनह्यामलाई बराबरी दिलाएका थिए ।

यसै समूहमा रहेको इन्टर मिलानले पीएसभी इन्धोभेनसँग १–१ गोलको बराबरी खेलेपछि टोटनह्यामको भाग्य चम्किएको हो । इन्टर मिलानसँग समान आठ अंक नै भएपनि हेड टु हेडमा अघि रहँदै टोटनह्याम प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । शीर्ष स्थानमा रहेको बार्सिलोनाको भने समूह चरणको खेल सकिदासम्म ६ खेलबाट १४ अंक भयो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *