इपिएल : पोखरा राइनोजद्वारा ललितपुर प्याट्रियट्ससामु १६७ रनको लक्ष्य

एभरेस्ट प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई एक सय ६७ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ४ विकटको क्षतिमा एक सय ६६ रन जोडेको हो ।

पोखराका लागि रिचर्ड लेभीले सर्वाधिक ८४ रनको योगदान गरे । उनले ३९ बलको समना गर्दै ३ चौका र ९ छक्काको मद्दतले ८४ जोडे । पोखराका लागि कप्तान बिनोद भण्डारीले नटआउट ३४ रन बनाए । कायल कोट्जरले १९ रन, सुनिल धमलाले १० रन, योगदान गरे ।  ललितपुरका लागि पवन सफारले सर्वाधिक ३ विकेट लिए ।

ललितपुरले प्रतियोगिताको पहिलो खेलमा जीत निकालेको छ भने पोखरा अंक तालिकामा अंक विहीन छ । ललितपुर लिगकाे तेस्राे स्थान र पाेखरा पाँचाै  स्थानमा रहेकाे छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *