स्पानियोल विरुद्ध बार्सिलोनाको ४-० को सानदार जित

काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोललाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई उसैको घरेलु मैदानमा ४-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै, औसमाने डेम्बेले र लुइस स्वारेजले समान एक-एक गोल गरे ।

मेस्सीले खेलको १७औं मिनेटमा नै गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको २६औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए ।

त्यस्तै, खेलको ४५औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफसम्म बार्सिलोनालाई ३-० गोलको अग्रता दिलाएका थिए ।

एकपछि अर्को आक्रामक खेल खेलको बार्सिलोनाका लागि खेलको ६५औं मिनेटमा मेस्सीले अर्को गोल गर्दै ४-० गोलको जित दिलाएका हुन् ।

गएराति नै भएका अन्य खेलमा सेभिल्लाले भ्यालेन्सियासँग १-१ गोलको बराबरी खेलेको छ ।

यता, एट्लेटिको मड्रिडले भने अलभेसलाई ३-० गोलअन्तरले पराजित गर्दा भिल्लारियल भने सेल्टा भिगोसँग ३-२ गोलअन्तरले पराजित भएको छ ।

जितसँगै बार्सिलोनाको १५ खेलबाट ३१ अंक भएको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको १५ खेलबाट २८ अंक हुदा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको पनि २८ अंक नै रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *