नेकपाले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक मंसिर अर्को शनिबार बस्ने भएको छ । चार शीर्ष नेताको बहिस्कारका बीच बसेको सचिवालय बैठकले २९ गते शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो ।

स्थायी कमिटीको बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरु गर्न ढिला गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले बैठक बहिष्कार गरेका थिए ।

बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको थियो । २० मिनेटसम्म पनि बैठक सुरु नभएपछि नेताहरु बाहिरीएका थिए । महासचिव पौडेलले भने दुई अध्यक्षले छलफल गरिरहेकाले बैठक बस्न केही ढिला भएको जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *