मेस्सी र रोनाल्डोको एकाधिकार अन्त्य, बालोन डी’ओर लुका मोड्रिचलाई

काठमाडौं:  विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । फ्रान्सको पेरिस आज विहान सम्पन्न अवार्ड कार्यक्रममा लुका मोड्रिचले फुटबलका महान हस्तीहरुलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् ।

रियललाई च्याम्पियन्स लिग जिताउन र रुस विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन उनले मुख्य भूमिका खेलेका मोड्रिचले पहिलो पटक यो अवार्ड जितेका हुन् । त्यस्तै, उनले फिफा वर्ष खेलाडी अवार्ड समेत यसै वर्ष जितेका थिए ।

अवार्डको मुख्य दाबेदारको रुपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पनि हेरिएको थियो । त्यस्तै, अवार्डकै दौडमा ब्राजिलका नेयमार,  फ्रान्सका केलियन एम्बाप्पे, फ्रान्स कै राफायल भराने, एन्टोनी ग्रिजम्यान,  इजिप्टका मोहम्मद  सलाह, बेल्जियमका इडेन हजार्ड, बेल्जियमकै केभिन डे ब्रुयनी, र इग्ल्यान्डका हृयारी केनलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

विगत १० वर्षदेखि यो अवार्ड रोनाल्डो र मेस्सीले मात्र जित्दै आएका थिए । तर यो पटक भने नयाँ खेलाडीले जित्न सफल भएका हुन् । सन् २००७ मा ब्राजिलियन काकाले जितेपछि यस अवार्ड रोनाल्डो र मेस्सीले समान ५-५ पटक जितेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *