भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिके र कार्लेस अलेनाले गोल गरे ।

खेलको ३५ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ८७ औं मिनेटमा अलेनाले गोल गर्दै बार्सिलोनालाई २-० गोलको जित दिलाएका हुन् ।

जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १४ खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको २७ अंक छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *