एक लाख डलरकाे पुरस्कारले प्रधानमन्त्री सम्मानित

काठमाडौ: विवादित मानिदै अाएकाे कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको अन्तिम दिन अाइतबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’द्वारा पुरस्कृत गरिएकाे छ ।
युनिभर्सल पिस फेडरेसनले आयोजना गरेकाे कार्यक्रमकाे समापन समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरसहित प्रमाण पत्र र १८ ताेला सुनद्वारा बनेकाे अवार्ड दिएर सम्मान गरिएकाे थियाे । संस्थाकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री अाेलीलार्इ अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् ।उनलार्इ देशमा सुशासन, शान्ति स्थापनाकाे प्रकृया पूरा गरेकाे भन्दै सम्मान गरिएकाे हाे । पुरस्कार पाएपछि प्रधानमन्त्री अाेलीले अाफूले व्यक्तिगत रुपमा पाएकाे रकम युवा तथा बालबालिकाकाे हितका लागि काेष स्थापना गरी खर्च गर्ने बताएका थिए ।

केही तस्बिरहरू

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *