काङ्ग्रेस कार्यालयमा अपांग संघको धर्ना

काठमाडौ:  नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघले नेपाली कांग्रेसकाे केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै उनीहरूले धर्ना दिएका हुन् ।

अपांग संघका नेता, कार्यकर्ताले आइतबार बिहान पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै धर्ना दिएका थिए । उनीहरुले सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै आफूहरुको प्रतिनिधित्वबारे विधानमै व्यवस्था गर्न माग गरेकाे संघका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिए ।

पार्टी केन्द्रिय कार्यालयमा जारी काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा विधान मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ । संघले सोही बैठक चलिरहेका बेला माग सम्बोधन गराउन धर्ना दिएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *