निर्मलाको न्यायका लागि महेन्द्रनगरमा नेपाल कम्युनिष्ट पाटी (विप्लव)को प्रदर्शन

महेन्द्रनगर: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मलाको न्यायका लागि भन्दै नेपाल कम्युनिष्ट पाटी (विप्लव)ले महेन्द्रनगरमा प्रदर्शन गरेको छ ।

आइतबार दिउँसो कञ्चनपुरको पुरानो प्रशासन कार्यालयदेखि सुरु भएको जुलुसले नारावाजीसहित महेन्द्रनगर बजार परिक्रमा गरेको छ । घटनाको चार महिना वितिसक्दा पनि सरकारले हत्यारा सार्वजनिक नगरेको भन्दै नेकपाले दवाव स्वरुप प्रदर्शन गरेको जनाएको छ । नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्टले न्यायका लागि कञ्चनपुर लगायत देशैभर प्रदर्शन हुने बताए ।

उनका अनुसार प्रदर्शनपछि महेन्द्रनगरको स्मारकमा जनसभा गरिने छ । जनसभामा नेकपाका केन्द्रीय सदस्य देविदत्त पाण्डे, पोलिट्ब्यूरो सदस्य ओम पुनलगायतले सम्बोधन गर्नेछन् ।

प्रदर्शनमा महेन्द्रनगरका विद्यार्थी, शिक्षक, अधिकारकर्मी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्तासमेत सहभागी छन् । अधिकांश विद्यार्थी विद्यालय पोषाकमै छन् ।

नेकपा विप्लवका कार्यकर्ताले पार्टीको नारा एकिकृत जनक्रान्ति जिन्दावाद, गृहमन्त्री राजिनामा दे, निर्मलाका हत्यारा सार्वजनिक गर भन्दै नारावाजी गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *