संस्कृति प्रवर्द्धनका लागि एकदिने गोकर्णेश्वर महोत्सव

काठमाडौ:  हाम्रो संस्कृति हाम्रो पौरख हाम्रो गोकर्णेश्वर भन्ने नारासहीत शनिबार एकदिने प्रथम गोकर्णेश्वर महोत्सव अायाेजना भएको छ ।

लायन्स क्लव अफ काठमाडौं सिम्रिक डिस्ट्रिक ३२५ ए १ को आयोजनामा भएको महोत्सवमा गोकर्णेश्वर नगरपालिका, नेपाल टूरीजम बोर्ड, अल्टिच्युट एयर लगायतले सहयोग गरेका छन ।

महोत्सवको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरे । उद्घाटनमा अल्टिच्युट एयरको हेलीकाप्टरबाट पुष्प बृष्टि गरेको थियो ।

महोत्सवमा नगरपालिका भित्रका संस्कृति झल्कने बस्तुहरू प्रदर्शनका साथै विभिन्न स्टलहरूमा स्थानीय खानाका परिकार समेत राखिएको छ ।

महोत्सवमा साँझ कलाकार तथा गायक दीपक बज्राचार्यको सांस्कृतिक प्रस्तुति हुने आयोजकले बताएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *