टि-१० लिगमा सन्दिपको कमाल, डेब्यु खेलमै तीन विकेट

युएर्युइ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी क्रिकेटको सबैभन्दा छोटो स्वरूपको प्रतियोगिता टी(१० क्रिकेट लिग अन्तर्गत आफ्नो डेब्यु खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले कमाल गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा बलर सन्दीप लामिछाने अनुबन्ध भएको टिम केरला किङ्सले पख्तुनलार्इ ५ विकेटको क्षतिमा १०९ रनमा रोकेको थियो ।

केरलाबाट पहिलो खेलमै मैदान उत्रन पाएका सन्दीपले आफुलाई प्रमाणित गरे । लेग स्पिनर सन्दीपले एकै ओभरमा दुई विकेट लिए । आफ्नो पहिलो बलमै विकेट लिएका सन्दीपले अन्तिम बलमासमेत विकेट लिन सफल भए ।

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई पहिलो बलमा पेभेलियन पठाए । त्यसपछि त्यही ओभरको अन्तिम बलमा सन्दीपले दक्षिण अफ्रिकाका कोलिन इन्ग्रामलाई पेभेलियन फर्काए ।

त्यसपछि पनि सन्दीप रोकिएनन् । उनले छैटौँ ओभरमा पनि अर्को विकेट लिए । सन्दीपले छैटौँ ओभरको चौथो बलमा मोहम्मद कलिमलार्इ शिकार बनाए । लिगमा सन्दीपको टिम गत वर्षको विजेता हो । सन्दीपको टिम इयान मोर्गनको कप्तानीमा छ । त्यस्तै टिममा क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता खेलाडी पनि छन् ।

प्रतियोगितामा भाग लिन सन्दीप आइतबार त्यसतर्फ गएका थिए । सन्दीपलाई केरला किङसले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमानै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए ।

यस्तै सन्दीप मंगलबार मात्र पाकिस्तान सुपर लिगका लागि लाहोरमा  ५७ लाख रूपैयाँमा अनुबन्धित भएका थिए । ८ टोली सहभागी १० ओभरको खेलमा सन्दीपसहित विश्वकका उत्कृष्ट खेलाडी सहभागी छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *