यस्ता छन् क्याबिनेटले गरेका २२ निर्णयहरु

काठमाडौं– गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले आज सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर निर्णहरु सार्वजनिक गरेका हुन् ।

सार्वजनिक निर्णयहरु २२ वटा रहेका छन् । जसमा सरकारले दुई देशका राजदुतलाई फिर्ता बोलाउनेदेखि विभिन्न नियुक्ति गर्नेसम्मका छन् ।

सरकारले इजरायलका लागि नेपाली राजदुत निरञ्जन थापालाई तीन महिनाको समयसीमा राखेर फिर्ता बोलाएको छ । त्यस्तै उनको स्थानमा डा. अञ्जन शाक्यलाई पठाउन सिफारिस गरेको छ । त्यसैगरी दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राइलाई तीन साताको समयभित्र फर्कन भनेको छ ।

यस्तै सरकारले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

यस्तै कर्मचारी समायोजन गर्न बनेको अध्यादेशमा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति प्रदान गरेको छ । यसैगरी बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुअब्जा वितरण पुर्नवास तथा पुनस्थापना इकाइको कार्यविधि १ बर्ष थप्ने निर्णय बैठकले गरेको सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

यस्तै नेकपाका कार्यकर्ताबाट मारिएका भनिएका सर्लाहीका कांग्रेस कार्यकर्ताको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *