मोडलिङमा जम्दै रोशनी

काठमाण्डौ- २०५१ सालमा काभ्रेपलान्चोकमा जन्मिएकि २४ बर्षिय रोशनी घिसिङ अहिले मोडलिङ क्षेत्रमा भिजेकी छीन । पछिल्लो समयमा मोडलिङ को रहर र अवसर को खोजीमा धेरै रहेको पाइन्छ । मोडलिङमा रम्ने रहर सबैको हुन्छ तर पनि मोडलिङ गर्न त्यती सजिलो पक्कै छैन ।

म्युजिक भिडियोमा मोडलिङ गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङमा सबैले स्थान पक्कै पाएका छैनन त्यस्तै निरन्तर रुपमा आफनो प्रतिभालाई चिनाउने क्रममा छिन् रोशनी । उनले बसन्त धामी को  ‘मुटु जलाइ’ लगायत करिब ५ देखी ८ वटा सम्म म्युजिक भिडियो र केही टेलि सिरियल हरुमा समेत अभिनय गरिसकेकी उनको केही म्युजिक भिडियो बजारमा आउने क्रममा रहेका छन् । उनले हामी संग कुरा गर्दै भनिन अभिनय राम्रो गर्नु पर्छ भने जस्तो सजिलो छैन यो क्षेत्रमा म डान्स पनि गरिरहेकी छु आसा छ भोलीका दिनहरूमा मोडेल रोशनी भनेर चिनिने छु ।

रोशनी मिलनशार छिन् उनको मुस्काले सबैलाई मोहित बनाउँछ आफ्नो ब्यबसाय सँगै आफ्नो रुचिको क्षेत्र मोडलिङमा पनि जम्दै गरेकी रोशनी अहिले निकै लागीपरेकी छन । केहि लोक, आधुनिक गितहरुको म्युजिक भिडियोहरुमा अभिनय गरीसकेको भएपनि मोडलिङकै क्षेत्रमा स्थापित हुन निकै कठिन छ । आसा छ उनलाइ भोलीका दिनहरुमा हामी थुप्रै अभिनयहरुमा देख्न पाउने छौ ।

उनले हामीलाइ बताउदै थिइन मोडलिङ गर्नु एउटा राम्रो कला हो मोडलिङ क्षेत्रमा कमजोरी र नकारात्मक कुराहरु पनि होलान् तर मोडलिङ आफैमा नराम्रो होइन हाम्रो समाजको मोडलिङ क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ समाजले मोडलिङ क्षेत्रमा भएका नकारात्मक कुराहरू हटाउँदै सकारात्मक कुराहरुलाइ प्रोत्साहन गर्न सक्नुपर्छ ।

आजभोलि गित संगित र ति गित संगितका म्युजिक भिडियो निरन्तर रुपमा बजारमा आइरहेका छन दिनहु जस्तो नया मोडेल र कलाकारहरु जन्मिरहेका छन । गित संगितको क्षेत्रलाइ राज्यले पनि चासो दिनु पर्छ । जसले राम्रो अभिनय गर्न सक्छ उस्कै अभिनयले प्रथामिकता पाउनु पर्छ उनको भनाइ थियो ।

पछिल्लो समयमा मोडलिङको अबस्था पनि नाजुक छ किनकी मोडल हरु दिनहु जसो जन्मीरहेका छन धेरै प्रतिस्पर्धा छ तर म्युजिक भिडियो पनि नराम्रो होइन रहर सबैको हुन्छ संघर्ष गर्नु पर्छ सफलता एकदिन अबस्य हुन्छ । आफू मोडलिङकै क्षेत्रमा गहिरो लगाव र भित्री इच्छाले आएकाले जस्तोसुकै संघर्ष गरेर भएपनी यहीँ क्षेत्रमा सफल भएर देखाउने उनी बताउँछिन् 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *