संगीतकार तथा गायक बिक्रम जि लामाको निधन

काठमाडौ । प्रसिद्ध संगीतकार तथा गायक बिक्रम जि लामाको पाटन हस्पिटलमा उपचारका क्रममा निधन भएको छ। अनेकन बिधाका नेपाली तथा तामाङ सेलो गितहरुमा संगीत तथा स्वर दिएर प्रसिद्धि कमाएका बिक्रम जि लामा केहि समयदेखी बिरामी परि उपचाररत थिए ।
धादिङको सेमजोङमा २०३७ मंसिर १० गते जन्मिएका बिक्रम जि लामा पुर्व नेपाल प्रहरीका कर्मचारी पनि हुन। २०५२ सालमा नेपाल प्रहरीमा कार्यरत रहि २०५५ सालमा माओवादीको चर्को जनयुद्धको कारण घरपरिवारको दबाबमा जागिरबाट निस्किएका थिए । २०५४ सालमा हेम वाइवाको साथमा ४ वटा गितमा संगीत तथा स्वर दिएर सांगीतिक फाटमा प्रवेश गरेका थिए ।
२०७५/०७/०७ गते ३७ बर्षको असामयिक निधनले उहाको परिवार,आफन्तजन,शुभचिन्तक लगायत संगीत क्षेत्र गहिरो शोकमा डुबेको छ । “उहाँले बिगतमा सांगीतिक क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय छ । तर संगीतकार संघ लगायत सांगीतिक क्षेत्रसंग आवद्ध संघ-संगठनहरु बाट कुनैपनी प्रतिक्रिया आएको छैन। कलाकारहरुलाइ देशका गहनाको रुपमा चित्रण गर्न सक्ने तर मृत्युमा बेवास्ता हुदा हामी दुखी छौ।”उहाँका भाइ एम.बि. गुरुङ(मोडल तथा निर्देशक)ले ग्लोबल खबरलाइ बताउनुभएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *