प्रदेश ३ः सामाजिक विकास मन्त्रालयले ल्यायो ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

सामाजिक विकास मन्त्रालयले अघि सारेको उक्त कार्यक्रमलाई प्रदेश ३ को लोकप्रिय योजनाको रूपमा मन्त्रालयले लिइएको छ ।

उक्त कार्यक्रमका लागि आवश्यक विद्यायल नर्सहरूका लागि मन्त्रालयले आज (बुधबार) बाट १५ दिनसम्म लागू हुने गरी कर्मचारीको विज्ञापन जारी गरेको छ ।

मन्त्रालयले प्रदेश ३ का २० वटा विद्यालयमा उक्त कार्यक्रम अघि बढाएको हो । सामुदायीक विद्यालयमा २० जना स्टाफ नर्स प्रदेशभरि पु¥याउने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको सचिवालयले बताएको छ ।

ग्लोबल खबर सँग को कुराकानीमा , ‘प्रदेश शिक्षा निर्देशनालयले प्रदेशभरिबाट छानेको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या, त्यहाँको अवस्थाको जानकारी लिएर स्वास्थ्य शिक्षा र प्राथमिक उपचारसमेत हुने गरी मन्त्रालयले योजना ल्याएको सचिवालयले बताएको छ ।’

प्रदेश ३ का सामुदायिक विद्यालयमा देखिएको स्वास्थ्य समस्याको समाधानका लागि मन्त्रालयले उक्त योजना अघि सारेको उनले बताए । यो कार्यक्रमबाट विशेषगरी प्रदेशभरिका विद्यालय छात्रा विद्यार्थीले स्वास्थ्यमा देखिएको समस्याको समाधान गर्ने उद्देश्य मन्त्रालयले राखेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *