सरकार विरुद्ध सडक संघर्ष गर्ने डा. बाबुराम भट्टराईको चेतावनी

काठमाडौ- नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकार विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५औं संघीय बैठकलाई उद्घाटन गर्दै उनले पुराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दावी गरे ।

बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ । लोकतन्त्रको मुल्य/मान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेकोे दावी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

दुर्इ दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्र्ने नयाँ शक्ति पार्टी, नेपालले जनाएको छ । संयोजक भट्टराईले बैठकमा पार्टीको विगतका कामको समिक्षा हुने जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *