तिहार मै केबरकारमा कालिन्चोक भगवती दर्शन गर्न पाइन्छ : अध्यक्ष शिवाकोटी

देशकै तेस्रो केबलकारको रूपमा दोलखाको कालिन्चोकमा केवलकार सञ्चालन हुदै छ । तिहारकै छेको पारेर यसको शुरुवात हुदै छ । पर्यटकिय र धार्मिक महत्व वोकेको यो क्षेत्रमा कालिन्चोक दर्शन प्रालिले केवलकार निर्माण गरेको हो । यहीँ विषयमा केन्द्रित रहेर कालिन्चोक दर्शन प्रालिका अध्यक्ष बालकृष्ण सिवाकोटी सँग ग्लोबल खबर डट कमका लागि गरिएका कुराकानीको केही अंश
केबलकार संचालनका लागि दोलखाको कालिन्चोक नै किन छनोट गर्नु भयो ?
सुरुमै महत्वपूर्ण प्रश्न राख्नुभयो । हामीले कालिन्चोक नै छनोट गर्नुको धेरै कारणहरु छन् । पहिलो कुरा कालिन्चोक देशकै प्रसिद्ध धार्मिक स्थल हो । दोस्रो कुरा भनेको कालिन्चोक धार्मिक स्थल मात्रै होइन प्राकृतिक रूपमा पनि अत्यन्तै सुन्दर स्थान हो । यहाँबाट अनेकौं प्राकृतिक सुन्दरताहरुको अवलोकन गर्न सकिन्छ । हिउँदको समयमा हिउँ पर्ने हुनाले हिउँ सँग खेलेर रमाउने र प्राकृतिक अवलोकन गर्ने पर्यटक हरुको पनि घुँइचो लाग्छ । त्यस्तै मन्दिरको दर्शन गर्न आउनेहरु पनि उत्तिकै हुन्छन् । त्यसैले प्राकृतिक पर्यटन र धार्मिक पर्यटन दुबैको हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको छ । अर्को कुरा भनेको कालिन्चोक भौगोलिक दुरिका हिसाबले पनि राजधानी बाट नजिकै छ । पर्यटकहरु बिहान गएर फर्किन पनि सक्छन् ।
कहिलेदेखि संचालनमा आउँछ केवलकार ?
केवलकार सञ्चालनमा आइसकेको छ । अहिले हामी परिक्षणको लागी त सञ्चालन गरिरहेका छौ । अबको केही दिनमा व्याबसायिक रूपमा सञ्चालनमा आउँछ । अव केही प्राविधिक कुराहरु बाँकी छन् त्यो सकेर छिट्टै हामी औपचारिक उद्घघाटन गर्छौ ।


केबलकारको लम्बाइ कति छ ?
अहिले लम्बाइको हिसाबले हेर्ने हो भने त ९९५ मिटर मात्रै छ तर भौगोलिक स्थिति हेर्ने हो भने ३८०० मिटर सम्म छ । हिडेर जानुपर्दा पनि ठाडो उकालो छ, हिँडेर पुग्न पनि अलि कठिन हुने भएकाले केबलकारको आवश्यकता छ । त्यसकारण लम्बाइ कम भएपनि लम्बाइको हिसाबले भन्दा पनि भौगोलिक स्थितिका हिसाबले चाहिँ महत्वपूर्ण छ ।
केबलकार संचालनपछि त्यसले दोलखा र समग्र देशको पर्यटन प्रवर्द्धनमा के सहयोग पुग्छ ?
पहिलो कुरा यो देशकै तेस्रो केबलकार हो आजभन्दा अघि दुइटा मात्रै छन्, त्यसकारण पनि यसले कालिन्चोकको मात्रै नभई समग्र देशकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउँछ । अर्को भनेको कालिन्चोक मन्दिर भौगोलिक हिसाबले पनि बढी उचाइमा भएकाले कैयौं भक्तजन र दर्शनार्थीहरु जान चाहादा चाहँदै पनि जान सकिरहेका छैनन् उनीहरुलाई सहज रुपमा दर्शन गराउने छ । केबलकार संचालन पछि बच्चा देखि बुढाबुढी सम्म सजिलै मन्दिर सम्म पुगेर दर्शन गर्न सक्ने भएकाले आन्तरिक र बाह्य पर्यटक हरुको उल्लेख्य वृद्धि हुन्छ ।
कति पर्यटक भित्राउने लक्ष्य राख्नुभएको छ ?
अहिले करिब १ लाख हाराहारीमा पर्यटकहरू कालिन्चोक आउने गरेका छन् अब केबलकार संचालन पछि त्यसलाई बढाएर ३ लाख भन्दा बढी पर्यटक भित्राउने लक्ष्य लिएका छौ ।
केबलकार निर्माणको अनुमानित लागत कति रहेको छ ?
अहिलेको अनुमानित लागत करिब ४५ करोड रहेको छ । यसमा तल माथि हुन सक्छ ।
केबलकारबाट दर्शन गर्नका लाई शुल्क कति लाग्छ ?
अहिले केबलकारबाट दर्शन गर्नका लागि केबलकारको टिकट मात्रै चाहिँ पाँच सय रुपैया लाग्ने नियम हामीले बनाएका छौ । यसमा पनि हामीले वृद्ध–बृद्दा, अपाङ्ग र विद्यार्थीहरुको लागि २५ प्रतिशत छुटको पनि व्यबस्था गरेका छौं ।
यो व्यवसाय हा,े लगानी गरिसकेपछि प्रतिफल खोज्नु व्यापारको सिद्धान्त पनि हो कति समयमा लगानी उठ्छ भन्ने अनुमान छ ?
यो सेवा र व्यबसाय दुबै हो । हामीले व्यापारीक दृष्टिकोणले मात्रै पनि सोचेका छैनौं र सेवा मात्रै पनि होइन लगानी गरिसकेपछि प्रतिफलको आश गरिन्छ नै त्यसैले हामीले यसको लागत सेवा शुल्क सबै हिसाब गर्दा करिब ६र७ बर्षमा लगानी उठ्छ भन्ने अनुमान गरेका छौं । सोचेकै समयमा लगानी उठेन भनेपनी हामीले देशकै तेस्रो केबलकारको रूपमा कालिन्चोकमा केबलकार संचालन गरेका छौ यसैमा गर्व गर्छौ ।

कम्पनीको सेयर बाँडफाँड सम्बन्धि प्रावधान कस्तो छ सर्वसाधारणले कति प्रतिशत सम्म सेयर खरिद गर्न सक्छन् ?
हामीले सुरुवातमा नै कम्पनी स्थापना गर्दा नै पब्लिक लिमिटेड भनेर सुरु गरेका छौ त्यसैले यसमा सुरुवात देखि नै सर्वसाधारण पनि संग्लन छन् । सर्वसाधारणले ४९ प्रतिशत सम्म सेयर खरिद गर्न सक्नेछन् ।
तपाइँहरुले केबलकार निर्माण सुरु गर्दै गर्दा गुठी जग्गा त्यस्तै पर्यावरणीय असर सम्बन्धि मुद्दाहरू उठेका थिए त्यसलाई कसरी समाधान गर्नुहुन्छ ?
सुरुवातमा ती मुद्दाहरू उठेका थिए पछी सरोकारवाला निकाय र स्थानीयहरु सँगको छलफल पछि सबै मुद्दाहरूको समाधान भइसकेका छन् अहिले कुनै अवरोध छैन ।
कालिन्चोक दर्शन प्रालिले कालिन्चोक बाहेक देशका अन्य भागमा पनि केबलकार निर्माण गर्ने केही योजना छ ?
कालिन्चोक दर्शन प्रालिले अहिले कालिन्चोकको व्याबसायिक सुरुवात पछि देशका अन्य प्राकृति र धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरूमा क्रमशः केबलकार संचालन गर्ने सोचिरहेका छौ ।
तपाई हरुको सम्भावित क्षेत्रहरू कुन कुन हुन् ?
अहिले ठ्याक्कै चाहिँ हामीले कलिन्चोक पछि स्वर्गद्वारी मा निर्माण गर्दैछौं त्यसको लागि कानुनी प्रक्रिया भइरहेको छ र त्यसपछि सम्भावित क्षेत्रहरूको अध्ययन गरेर बिस्तारै अन्य क्षेत्रहरूमा पनि निर्माण गर्नेछौ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *