हस्पिटलको बेडमै प्रधानमन्त्रीको गृहमन्त्री र रक्षामन्त्री सँग बैठक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था क्रमश सुधार हुदै गएको हो ।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओली मंगलबार अघिल्लो दिनको तुलनामा राम्ररी सुतेको तथा खाना समेत राम्ररी खाएका छन् ।

बुधबार बिहानको स्वास्थ्य परिक्षणका रिपोर्टहरु पनि सन्तोषजनक रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलसँग अस्पतालमै छलफल समेत गरेको अस्पतालले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *