प्रधानमन्त्री ओलिको स्वास्थमा क्रमिक सुधार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रम ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकहरुले प्रेस नोट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले अस्पतालमै कम्तिमा दुई-तीन दिन राखेर ‘आराम’ गराइने बताए । उनका अनुसार प्रम ओलीको अवस्था सुधारोन्मुख र स्थिर रहेको छ।

प्रेस नोट जारी गर्दै चिकित्सकहरुले छातीमा संक्रमणले श्वास फेर्न समस्या हुनुका साथै रगतमा सुगरको मात्रा बढेकाले बिहान साढे ४ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा भर्ना गरिएको बताएका छन् ।

चिकित्सकहरुले प्रम ओलीको मिर्गौला प्रत्यारोपण गरिएकाले साधारण रुघाखोकी लाग्दा पनि इन्फेक्सन हुने भएकाले निगरानीमा राखेर अझै केही दिन उपचार जारी राख्ने बताए ।

ओलीको उपचारको नेतृत्व डा. अरुण सायमीले गरेका छन् । त्यसैगरि निजी चिकित्सक डा. दिव्या सिंह र अर्का चिकित्सक सन्तकुमार दास ओ‌लीको उपचारमा जुटेका छन् ।

‘प्रधाननमन्त्रीको स्वास्थ्यस्थिति स्थिर र सुधारोन्मुख छ, अहिले जुन कारणले भर्ना गरिएको हो सबै सुधार रहेको छ’, डा. सायमीले भने, ‘अहिले राम्रो भइरहेको छ । छातीको इन्फेक्सन भाइरल ज्वरोले भएको हो, अब सुधार हुँदैछ, सुगर पनि अहिले स्थिर छ, औषधि दिइरहेका छौँ ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *