ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी बोल्सोनारो निर्वाचित

दक्षिण अमेरिकाको शक्तिशाली मुलुक ब्राजिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशसंक दक्षिणपन्थी उम्मेदवार जैर बोल्सोनारो राष्ट्रपति निर्वाचित भएका छन्।

विश्वको चौथो ठूलो प्रजातान्त्रिक मुलुकमा आइतबार भएको चुनावमा ६३ वर्षीय बोल्सोनारोले ५५.२ प्रतिशत मत पाए भने उनका प्रतिष्पर्धी समाजवादी उम्मेद्वार फर्नान्डो हडाडले  ४४.८ प्रतिशत  मत ल्याए।

सेनाका पूर्वक्याप्टेन बोल्सोनारोले राजनीतिको भ्रष्टाचारलाई निर्मुल पार्ने, अपराध नियन्त्रण गर्ने वाचा गरेका थिए। विजयपछि फेसबुक लाइभमार्फत् सम्बोधन गर्दै उनले अब सानो मन्त्रीमण्डल बनाउने र लोकतान्त्रिक मूल्यमान्यतालाई सम्मान गर्ने बताएका छन्।

चुनावअघि भने उनले महिला, समलिंगी र जातीय अल्पसंख्यकबारे असहिष्णु अभिव्यक्ति दिएका थिए। मतपरिणाम सार्वजनिक भएपछि बोल्सोनारोका समर्थकले देशभरि विजयी जुलुस निकालेका छन्।

केहीले भने सन् १९६४-१९८५ सम्मको सैनिक शासनका कट्टर समर्थक बोल्सोनारो सत्तामा आएसँगै मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लाग्न सक्ने आशंका व्यक्त गरेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *