काभ्रेमा जिप दुर्घटना डिआइजी सहित ३ को मृत्यु

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका डिआइजीसहित तीन जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका डिआइजी शुशिल भण्डारी, पत्रकार जीवन पराजुली र विनोद कार्कीको मृत्यु भएको ३ नम्बर प्रदेश ट्राफिकका डिएसपी नवीनराज राईले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *