घुस्याहा कर्मचारीले भरिए अख्तियार

काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको छ ।

पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दशैँको विदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् ।

आइतबार एक उपसचिव, एक इन्सपेक्टर र एक सिपाही पक्राउ परेका छन् । अदालत घटस्थापनादेखि नै बन्द हुने भएकाले अख्तियारको हिरासतको चाप बढेको  छ।

हिरासत भरिएपछि पक्राउ परेकाहरुलाई अख्तियारले प्रहरी कार्यालयका हिरासतहरुमा समेत राख्ने गरेको छ। दसैं खर्चका नाममा घुस र असुल्नेहरुसमेत पक्राउ परेको अख्तियार प्रवत्ता रामेश्वर दंगाल बताउँछन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *