नरेन्द्र मोदीको हत्या गर्ने धम्कीसहितको इमेल

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ। प्रधानमन्त्री मोदीलाई आएको धम्की सिधै दिल्ली प्रहरी अधिकारीलाई पठाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दिल्ली प्रहरी अधिकारीको इमेल आइडीमा धम्कीसहितको सन्देश पठाइएको छ। एक लाइनमा पठाइएको सन्देशमा सन् २०१९ को मितिसहित दिन र महिना पनि तोकिएको छ। दिल्ली प्रहरीकाअनुसार उक्त इमेल आसामको कुनै जिल्लामार्फत पठाइएको छ। इमेल पाउने बित्तिकै भारतीय प्रहरी यसको अनुसन्धानमा लागिरहेको छ।

भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन। यसअघि भिमा–कोरेगाउँ हिंसाको अनुसन्धानका क्रममा पनि प्रधानमन्त्री मोदीलाई धम्की आएको थियो।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *