रोनाल्डोविरुद्धको बलात्कार आरोपको प्रमाण बनावटी’

एजेन्सी । यतिबेला विश्व चर्चीत फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोमाथि यौन हिंसाको विषय जटिल बन्दै गएको छ । उक्त विषयमा रोनाल्डोको प्रायोजन कम्पनी नाइकले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको अभिव्यक्ति दिएको थियो । त्यसो त रोनाल्डो स्वयम्ले पनि यो मुद्दा उठ्ने बित्तिकै “फेक समाचार” भनेका थिए ।

उनले पनि आफ्ना प्रशंसकसामू स्पष्टीकरण समेत दिइसकेका छन् । यद्यपि यो मुुद्दा सेलाएको भने छैन ।

यतिबेला रोनाल्डोका अधिवक्ताले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो माथि लगाइएका बलात्कार मुद्दा पूर्णरूपमा तोडमोड गरेर बनावटी रिपोर्ट भएको बताए ।

रोनाल्डोका अधिवक्ता पिटर क्रिष्टियानसेनले युुभेन्ट्सका फरवार्ड माथि लागेको मुुद्दालाई ‘नागरिक छुुटका लागि दृदयदेखि नै माफि मागेको’बताएका छन् ।

रोनाल्डोले यसअघि जर्मनीको म्यागाजिनलाई झुु्टो समाचार लेखेको भन्दै ‘फेक समाचार’ भन्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका थिए । भने उनका प्रतिनिधिले रोनाल्डोमाथि झुुटो आरोप लगाउने म्यागाजिन विरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।

क्रिष्टियानसेन भन्छन् “मिडिया आफ्नो उत्तरदायित्वबाट भागेको छ,” उनले अगाडि भने “चोरी गरि डिजिटल प्रमाणहरुलाई तोडमोड गरेको छ । प्रमाणको महत्त्वपूर्ण भाग नै पूर्णरूपमा तोडमोड गर्दै बनावटी प्रमाण बनाउन खोजिएको बताएका छन् ।”

३३ वर्षीय रोनाल्डोले अमेरिकी क्याथरन मार्योगा सन् २००९ मा लास भेगास बलात्कार गरिएको भन्ने आरोपमात्रै भएको बताएका छन् । तर, रोनाल्डोले उक्त बलात्कारपछि घटना बाहिर नल्याउन भन्दै रोनाल्डोसहितको टोलीले २ लाख ८८ हजार पाउण्ड दिएको आरोप लगाएकी छन् ।

जर्मनीको स्पेइगल म्यागाजिनले ३४ वर्षीय अमेरिकी युुवती क्याथरन मार्योगाले त्यही समयमा लास भेगास प्रहरीमा छोटो रिर्पोट लेखाएको उल्लेख गरेको छ ।

विवाद भइरहँदा रोनाल्डोका अधिवक्ता क्रिष्टियानसेनले २००९ मा लास भेगासमा जे भएको थियो त्यो सहमतीमा नै भएको बताएका छन् ।

क्रिष्टियानसेनले मार्योगालाई ९ वर्षसम्म के गर्दै बसेको भन्दै प्रतिप्रश्न गरेका छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *