ईश्वर पोखरेललाई वामदेवको कडा जवाफ:- म रक्षामन्त्री बन्न संसदमा जान खोजेको होइन

नेकपाका बरिष्ठ नेता बामदेव गौतमले आफू प्रधानमन्त्री वा मन्त्री बन्नका लागि प्रतिनिधि सभामा जान लागेको भन्ने आशंका नगर्न अनुरोध गरेका छन्।

काठमाडौँ-७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरलाई आफ्ना लागि राजिनामा दिनपनि आफूले नभनेको दावी नेता गौतमले गरेका छन्।

२२ असोजको केन्द्रीय सचिवालय बैठकमा गौतमका लागि काठमाडौँ-७ छाड्न आफू तयार रहेको भन्ने सांसद रामवीर मानन्धरको पत्र पेश भएको थियो।

त्यसयता गौतम एकाएक राजनीतिको चर्चामा छन्। मानन्धरलाई राजिनामा गराएपछि प्रतिनिधि सभा सदस्य र त्यसपछि प्रधानमन्त्री बन्न खोजेको आरोप उनीमाथि छ।

उपप्रधान तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले त प्रत्यक्ष अप्रत्यक्ष रुपमा गौतमविरुद्ध अभियान नै छेडेका छन् ।

गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउने कुराको समर्थन गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध समेत पोखरेलले फेसबुक पेजमार्फत् प्रहार सुरु गरिसकेका छन्।

यसै सन्दर्भमा नेकपा नेता गौतमले एक अन्तर्वाताको क्रममा प्रतिनिधि सभामा जाने चाहना आफुले कत्तिपनि नलुकाएको तर रामवीर मानन्धरलाई आफ्नो लागि राजिनामा दिनु पर्‍यो भनेर पनि नभनेको बताएका छन् । आफ्नो प्रतिनिधि सभामा जाने चाहना बुझेपछि उनले नै ‘तपाईं जस्तो नेता प्रतिनिधि सभामा चाहिन्छ, तपाईंका लागि म छोड्न तयार छु’ भनेको उनले बताए ।

कुराकानी कै क्रममा ईश्वर पोख्रेल प्रति लक्षित गर्दै आफू रक्षा मन्त्रालयमा मन्त्री हुन प्रतिनिधि सभामा जान नलागेको बताए। आफू प्रतिनिधि सभामा जाँदा कसैलाई कुनै घाटा नहुने बरु प्रतिनिधि सभामा आफ्नो उपस्थितिले पार्टी बलियो हुने, संसद प्रभावकारी र सरकारपनि प्रभावकारी हुने बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *