एमालेसँग पार्टी एकताको लागि परामर्श गर्दै माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आगामी रणनीति तय गर्न भूगोलका नेताहरूसँग परामर्श थालेको छ। अध्यक्ष माधवकुमार नेपालले जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्जसहित पदाधिकारीहरूसँग आगामी यात्राबारे जुम बैठकमार्फत परामर्श गरिरहेका छन्।

जुम बैठकमार्फत समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी आदान–प्रदान र जिल्लाका नेताहरूको राय–सुझाव लिइने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

जिल्लाका नेताहरूसँगको परामर्शपछि सचिवालय बैठक बसेर निर्णय लिने एकीकृत समाजवादीको तयारी छ। जुम बैठक साँझ ६ बजेसम्म चल्नेछ। यसअघि नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार बिहान छलफल गरेका थिए। प्रचण्डले सत्तागठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह गरेका छन्।

एमालेका नेताहरू भने पार्टी एकताका लागि सक्रिय भएका छन्। उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि मंगलबार साँझ नेपालसँग छलफल गरेका थिए। एमालेका अन्य नेताले पनि नेपालसँग निरन्तर छलफल गरेका छन्।

एकीकृत समाजवादी र स्वतन्त्र सांसदसहित एमाले संसद्को ठूलो दल बन्ने योजनामा छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *