लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा

काठमाडौं – पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।

लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा पुग्ने क्रममा सोमबार राति ब्राजिलले स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्‍यो।

ब्राजिलको जितमा कासेमिरोले गरेको गोल निर्णायक सावित बन्यो।उनले खेलको ८३ मिनेटमा गोल गरेका थिए। रोद्रिगोले उपलब्ध गराएको पासमा उनले गोल गरेका थिए।

समूह ‘जी’ मा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि पहिलो खेलमा सर्वियालाई हराएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *