डडेल्धुरामा देउवाको सातौं पटक जित

काठमाडौं – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन्।

त्यहाँ ५१ हजार २०३ मत खसेको थियो। त्यसमध्ये देउवाले २५ हजार ५ सय ३४ मत पाएका हुन्।

उनले आफ्ना प्रतिस्पर्धी  स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा १२ हजार ४ सय ९२ मत बढी ल्याएका छन्। यस्तै ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल भने ७ हजार ५ सय ३५ पाएका छन्।

खसेको जम्मा मतभन्दा ३ हजार १ सय ८७ मत बदर भएको छ। देउवा २०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा यसअघि डडेलधुराबाटै विजयी भएका थिए। यो जितसँगै देउवाको गृह जिल्ला डडेल्धुरामा सातौं पटक जित हो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *