राप्रपालाई भोट माग्दै मनिषा कोइराला

काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भोट दिन आग्रह गरेकी छन् । शुक्रबार पोखरामा आयोजित राप्रपाको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले राप्रपालाई भोट दिन अपिल गरेकी हुन् । उनले भनिन्, ‘ढोकामा मौका आएको छ, यो मौकालाई हामीले खेर जान दिनु हुँदैन । त्यसैले म चाहन्छु, तपाईंहरुले राप्रपालाई धेरै भन्दा धेरै मत दिनुहोस् र जिताउनुहोस् ।’

उनले बीपीलाई नेपालका सबै नेताले बिर्सिसकेको भएपनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नबिर्सिएको सुनाइन् । राप्रपाको घोषणापत्र र भ्रष्टाचार विरुद्धको भाषण आफूलाई मन परेको पनि उनले बताइन् । ‘गाउँमा नेता देखे जनताले चोर आयो भन्छन् जस्ता अभिव्यक्तिले राजेन्द्र लिङ्देन मलाई मन पर्न थाल्यो,’ उनले भनिन्, ‘मलाई असाध्यै मन पर्यो ।’

लिङदेनले भ्रष्टाचार भनेको आमाको रगत खाने जस्तो भएको भाषण आफू प्रभावित भएको पनि उनले सुनाइन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *