कालिकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, तीन गम्भीर घाइते

कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ।शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जानकारी दिए।

उनका अनुसार बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ।तिलागुफा नगरपालिका-१० बस्ने ४ वर्षीया झरना थापा र सोही ठाउँकी ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको रिमालले बताए।

उनका अनुसार झरनाको थापाको घटनास्थलमै मृत्यु भएको हो। यता सरस्वतीको भने सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ११:४०मा मृत्यु भएको डिएसपी रिमालले बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *