ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याएर छाड्छौं : राष्ट्रपति सी

काठमाडौं –  चिनियाँ कम्युनिस्ष्ट पार्टी (सीपीसी) का महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउने बताएका छन् । आइतबार बेइजिङमा सुरू भएको पार्टीको २० औं महाधिवेशनलाई सम्बोधन गर्दै सीले चीनको पुनर्एकीकरण गरिछाड्ने प्रतिबद्धता जनाएका हुन् ।

‘हामी पृथकतावादी आन्दोलन रोक्न हामी आवश्यक सबै उपायहरू अपनाउने छौं । त्यसका लागि बल प्रयोग गर्ने कुरालाई त्याग्ने छैनौं’, उनले करिब २३ सय पार्टी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने । सीले उक्त भाषण गरिरहँदा ग्रेट हल अफ द पिपुलमा ताली बजेको थियो ।

उनले ताइवान समस्या समाधान गर्न पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने र राष्ट्रलाई एकताबद्ध बनाइराख्न सबै प्रतिबद्ध रहनुपर्ने बताए । उनले ताइवानका नागरिकसँग आर्थिक र सांस्कृतिम आदान प्रदानलाई कायम राख्दै त्यहाँका नागरिकलाई सम्मानजनक ढंगले व्यवहार गरिने बताए ।

राष्ट्रपति सीले ताइवानको विषयलाई लिएर पश्चिमा मुलुकहरूबाट भइरहेका गतिविधिलाई संकेत गर्दै ‘ताइवान चिनियाँ जनता आफैंले निर्णय गर्ने विषय भएको’ बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *