प्रभु साहको चुनाव चिन्ह चापाकल

काठमाडौं – नेकपा (एमाले)ले टिकट दिए पनि रौतहट-३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले चापाकल (पानी तान्ने कल) चुनाव चिन्ह पाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले बुधबार साहलाई चापाकल चिन्ह दिएको हो।

रौतहट-३ मा साहले एमालेको टिकट पाएका थिए। अन्तिम समयसम्म त्यो टिकट होल्ड गरेर साहले स्वतन्त्र उम्मेदवारी दिँदा त्यहाँ एमालेले मनोनयन दर्ता गर्नै पाएन।  जसपाबाट एमाले प्रवेश गरेका नेताहरूलाई टिकट दिने प्रतिवद्धता अध्यक्ष केपी ओलीले पालना नगरेकाले साहले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।

गत निर्वाचनमा उनी माओवादी केन्द्रबाट यही क्षेत्रमा निर्वाचित भएका थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *