घनश्याम भूसालले पनि पाएनन् टिकट

काठमाडौं – नेकपा एमालेले पूर्व उपमहासचिव घनश्याम भूसाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम छैन ।

एमाले अध्यक्ष ओलीको सूचीलाई अस्वीकार गर्दै १० औं महाधिवेशनमा अध्यक्ष लडेका भीम रावललाई पनि टिकट दिइएको छैन । उनी अछाम–१ बाट सर्वसम्ममत सिफारिस भए पनि झपट बोहोरालाई टिकट दिइएको छ ।

एमालेको १०औं महाअधिवेशनमा ओलीले घोषणा गरेको सूचीमा असहमत भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता पनि उनले अध्यक्ष ओलीमाथि प्रश्न उठाउने गरेका थिए ।

एमालेको क्षेत्रीय कमिटीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस भएको थियो । भुसाल स्वयं भने आफ्नो घर भएको क्षेत्र रुपन्देही १ बाट उम्मेदवार हुन चाहन्थे । तर जिल्लाले उनको नाम पठाएन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *