पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कप

काठमाडौं – श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।  आइतबार भएको खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभर सम्पूर्ण विकेट गुमाउँदै मात्र १४७ रन बनायो । 

पाकिस्तानका लागि मोहम्द रिजवानले ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै इफ्तिकर अहमदले ३२ रन बनाउँदा त्यस बाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  श्रीलंकाका लागि बलिङतर्फ प्रमोद मदुसनले सर्वाधिक चार किवेट लिए । त्यस्तै वानिन्दु हर्शरंगाले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।  श्रीलंकाका लागि भानुका राजापाछ्यले ७१ रनको अर्धशतकीय पारी खेले ।  त्यस्तै वानिन्दु हर्शरंगाले ३६ रन बनाउँदा धनन्जय डी शिल्भाले २८ रनको योगदान गरे ।  पाकिस्तानका लागि हरिष राउफले तीन विकेट लिए ।
योसँगै श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि अन्तिम पटक सन् २००८ मा उपाधि जितेको थियो ।  यता पाकिस्तान भने तेस्रोपटक उपाधि जित्ने मौकाबाट चुकेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *