एसिया कप क्रीकेट : पाकिस्तान पछि श्रीलंकासँग पनि हार्‍यो भारत

काठमाडौं – एसिया कप क्रीकेटमा साविकको विजेता भारतलाई श्रीलंकाले हराएको छ ।  मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

श्रीलंकाका लागि पाथुम निसंका र कुशल मेन्डिसले अर्धशतकीय पारी खेले । निसंकाले ५२ रन बनाउँदा मेन्डिसले ५७ रन जोडे । त्यस्तै दुशन शान्सकाले ३३ रन बनाउँदा  भानुका राजपाक्छे । भारतका लागि युजेभेन्द्र चहालले तीन विकेट लिए । त्यस्तै रविचन्द्र आश्विनले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले ७२ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै सुर्यकुमार यादवले ३४ रन बनाउँदा हार्दीक पाड्या र रिषव पन्तले १७–१७ रन बनाए ।
श्रीलंकाका लागि दिशानमुडुस्काले तीन विकेट लिए । त्यस्तै चमिका करुणरत्ने र डुसान सन्काले दुई–दुई विकेट लिए । त्यस्तै महेस थेस्कानले एक विकेट लिए ।
आजको खेलमा पराजित भएको भारत प्रतियोगिताबाट बाहिरिने डर भएको छ । भोलिको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि जित निकालेमा भारत प्रतियोगिताबाट बाहिरिने छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *