चुनाव जित्न एकअर्काको सहारा खोज्दै : ओलि-लिङ्देन

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन तीन महिनाभन्दा बढी समय बाँकी छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने निर्वाचन क्षेत्रकाे दाैडधुप गर्नेपर्ने स्थिति आइलाग्याे ।

झापा–५ का मतदातासँग चार दिन बसेर ओली १४ साउनमा काठमाडौं फर्किएका थिए । यसको पाँच दिनपछि (१९ साउनमा) सरकारले चुनावको मिति घोषणा गर्‍याे । चुनाव घोषणा भएलगत्तै ओलीले पार्टीको सचिवालय बैठक राखेर निर्वाचन परिचालन र घोषणापत्र मस्यौदा कमिटी गठन गरेका छन् ।

‘उहाँ (केपी ओली) फेरि झापा आउने कार्यक्रम तय भइसकेको छ, केही पार्टी कार्यक्रम र बाँकी समय मतदातासँग भेटघाट हुनेछ’, एमाले झापा जिल्ला सचिव शिव ढुंगेल भन्छन् । उनका अनुसार, आउने २–४ भदौसम्म ओली झापामा रहनेछन् । त्यो तीनदिने बसाइमा ओलीले इन्जिनियर र महिला संगठनको औपचारिक कार्यक्रमबाहेक मतदातासँग भेटघाट गर्नेछन् ।

काठमाडौंमै बस्दा पनि ओलीले आफ्नै निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक भेटवार्ता गरेका छन् । २४ साउनमा राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापासँग छलफल गरेका ओलीले यसको तीन दिनपछि (२७ साउनमा) अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरे । लिङ्देन, शाही र थापासँगको भेटमा ओलीले चुनावी तालमेलको प्रस्ताव गरेको नेताहरू बताउँछन् ।

नेताहरूका अनुसार, राप्रपा र एमालेबीच संस्थागत रुपमै चुनावी तालमेल गर्ने प्रयत्न भइरहेको छ । राप्रपा अध्यक्ष लिङ्देनले पनि सोमबार बसेको केन्द्रीय समितिको बैठकमा संसदमा उपस्थितिका लागि एमालेसँग तालमेल गरेर जानुपर्ने बताएका छन् ।

झापामा सुरक्षित रहन पनि ओली र लिङ्देन दुबैलाई तालमेल चाहिएको दुबै दलका नेताहरु बताउँछन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *