शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने प्रयास जारी छ: प्रचण्ड

काठमाडौं – सत्ता घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने आफूहरूको प्रयास जारी रहेको बताएका छन्।

आजदेखि सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउन दुइटा काम भइरहेको बताए। ‘हामी पूर्वमाओवादीहरू एक ठाउँमा आइरहेका छौं,’ प्रचण्डलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘पूर्वमाओवादी ध्रुविकृत हुँदा हामी अझ ठूलो हुन्छौं।’

नेकपा हुँदाका बहुमत सचिवालय सदस्यले वृहत कम्युनिष्ट पार्टी एकताका लागि अपिल जारी गर्ने प्रयास पनि भइरहेको प्रचण्डले बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *