प्रथम स्पोट्स हव खुला ब्याटमेन्टन प्रतियोगिता आयोजना हुँदै

काठमाडौं – स्पोट्स हव नेपालले प्रथम स्पोट्स हव खुला  ब्याटमेन्टन प्रतियोगिता- २०७९ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको छ ।  प्रतियोगिता साउन ११ गतेदेखि १४ गतेसम्म स्पोट्स हवकै कभर्ड हलमा संचालन हुने संस्थाका संचालक माैलीधन राईले जानकारी  दिए ।

प्रतियोगिताको उदेश्यबारे जानकारी दिँदै स्पोट्स हव नेपालका अर्का संचालक सम्झना तामाङले खेलाडी-खेलाडी बीच आपसी सद्भाव र सुमधुर सम्बन्ध कायम गर्न र खेलाडीहरूको चौतर्फी विकास तथा प्रबद्र्धनमा टेवा पुर्याउने उदेश्यले यस प्रतियोगिता आयोजना हुन लागेको बताइन् ।

नयाँ तथा पुराना खेलाडीलाई मध्यनजर राख्दै हवले विभिन्न सात विधामा  प्रतियोगिता संचालन गर्दै छ । खेलमा पुरुष डबल्स्, ४५ वर्षमाथी भेट्रान डबल्स्, एक्स सर्भिसम्यान, महिला सिंगल, अन्डर-१७ ब्याइज्, सुपर भेट्रान ५५ वर्ष माथी र लोकल लेवल गरी सात विधामा खेल खेलाइने छ ।

प्रतियोगिताका आर्थिक संयोजक अस्मेल शाहीका अनुसार यसमा प्रवेश शुल्क २५ सय देखि ५ सय सम्म लाग्ने छ। पुरुष डबल्स्मा प्रथम हुनेले ३५ हजार,दोस्रो हुनेले २० हजार र तेस्रो हुने २ जनाले ७ हजार ५ सय पाउने छन् । त्यस्तै ४५ वर्षमाथी भेट्रान डबल्स्मा प्रथम हुनेले २५ हजार,दोस्रोले १५ हजार र तेस्रो हुने दुई जनाले ५ हजार पाउने छन् । त्यसैगरी एक्ससर्भिसम्यान, महिला सिंगल, अन्डर १७ ब्याइज्, सुपर भेट्रान ५५ वर्ष माथीको प्रत्येक विधा प्रथम हुने २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने दुई जनाले ५ हजार पाउने छन् । भने लोकल लेवलमा प्रतिस्पर्धामा भने प्रथमले १५ हजार, दोस्रोले ८ हजार र तेस्रोले चार हजार पाउनेछन् ।

प्रतियोगीताबारे बोल्दै ब्याटमेन्टनका राष्ट्रिय एम्पायर तथा स्पोट्स हव नेपालका सल्लाहाकार भवानी प्रसाद आङदाम्बेले भने, ‘स्पोट्स हव नेपालको उद्घाटन भएपछि पहिलो प्रतियोगीता संचालन हुन गइरहेको छ । यस प्रतियोगीताले नयाँ तथा पुराना खेलाडीलाई खेल क्षेत्रमा आउन सहयोगी हुने विश्वास गरिएको छ । यसले राष्ट्रियस्तर र नयाँ खेलाडीहरु उत्पादन गर्न तथा नयाँ खेलाडीलाई खेलबाटै स्वस्थ रहौं भन्ने उदेश्यका साथ हामी प्रतियोगीता संचालन गर्न गइरहेको छौं । ‘

खेलमा १५० बढी  टीम सहभागी हुने विश्वास प्रथम स्पोट्स हव खुला ब्याट्मिन्टन प्रतियोगीताको खेल संयोजक आङकुसाङ शेर्पाले गरे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *