ब्राजिलको शानदार जित, अर्जेन्टिना बराबरीमा रोकियो

ऎजेन्सी – फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलोभियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । बोलोभियाको मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक–एक गोल गरे ।

खेलको २४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट ब्राजिलले अग्रता बनायो । ४५औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा लुकास पाक्वेटाको पासमा गुइमारेसले गोल गर्दा ब्राजिलले खेलमा ३–० को अग्रता बनायो ।खेलको इन्ज्युरी समयमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गर्दै टिमलाई ४–० गोलको जित दिलाए ।

आज नै भएको अर्काे खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको छ । ब्राजिल र अर्जेन्टिना छनोट खेलमा अपराजित छन् । दुई टोलीबीचको अन्तिम खेल भने स्थगित छ ।
जितसँगै शीर्षस्थानमा रहेको अपराजित ब्राजिलको १७ खेलबाट ४५ अंक जोडेको छ । पराजित बोलिभिया १८ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रह्यो ।

यता बराबरी खेलेको अर्जेन्टिना १७ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । इक्वेडर छनोटमा शीर्ष चारमा रहेर विश्वकपमा स्थान बनाउन सफल भएको छ । इक्वेडरले १८ खेलबाट २६ अंक जोड्दै छनोटमा चौथो स्थान कायम गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *