हेलम्बुमा डेढ दर्जन कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

हेलम्बु – नेपाली कांग्रेसले झुठको खेती गरेको र एकलौटी स्थानीय सरकार चलाउँदा पनि ५ बर्षसम्म जनताको पक्षमा कुनै काम नगरेको भन्दै हेलम्बुमा नेपाली कांग्रेस परित्याग गरि डेढ दर्जन नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र हेलम्बु गाउँपालिका कमिटीको विस्तारित बैठकमा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनिहरुलाइ प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री युवराज दुलाल विशेष अतिथि माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य चन्द्रबहादुर थापा प्रदेश सदस्य बिलबहादुर रायमाझी, भरत थापा गाउँपालिका अध्यक्ष पेमा ह्योल्मो लगायतले टीका र खादा लगाएर स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गराउँदै नेता दुलालले आफ्नो सुखदुःख को साथी माओवादी केन्द्र मात्रै हो भन्नेकुरा जनताले बुझ्न थालेकाले सबैतिर माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर चलेको बताउनुभयो । त्यस्तै अर्का नेता चन्द्रबहादुर थापाले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको मर्मअनुसार देश चलाउन माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउनुपर्ने र त्यसका लागि सबैले साथ दिनुपर्ने बताउनुभयो ।

स्थानीय निर्वाचन नजिकिँदै जाँदा माओवादी केन्द्रले सिन्धुपाल्चोकका सबै स्थानीय तहहरुमा चुनावी अभियानलाई तिव्र बनाउँदै लगेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *