रुसी सेनाको नियन्त्रणमा युक्रेनका मेयर

काठमाडौँ – युक्रेनको दक्षिणी क्षेत्र मेलिटोपलका मेयरलाई रुसी सेनाले अपहरण गरेको भन्दै युक्रेनका अधिकारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्सकी र युक्रेनी अधिकारीहरूले मेयरलाई शुक्रबार रुसी सेनाले अपहरण गरेको बताएका हुन् । १० जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको युक्रेनका अधिकारीहरूले बताएका हुन् । मेयर इभानले ‘शत्रु’लाई सहयोग गर्न इन्कार गरेपछि अपहरणमा परेको युक्रेनका अधिकारीहरूले बताएका छन् ।

यस क्रममा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने रुसी सेनाले ‘आईएसआईएस आतंकवादी’ले जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । युक्रेनमा आक्रमण गरेको रुसी सेना राजधानी किभ नजिकै पुगेको बताइएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार किभ नजिकै शिविर खडा गरेर रुसी सेनाले राजधानी किभ कब्जा गर्ने प्रयास गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *