सिन्धुपाल्चोकका प्रथम सहिद घलेको जन्मस्थानबाट सहिद सप्ताह कार्यक्रम सुरु

मेलम्ची – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आजबाट देशव्यापी रुपमा सहिद सप्ताह सुरु गरेको छ । यस अन्तर्गत पार्र्टीका नेता कार्यकर्ता जनयुद्धमा सहिद तथा वेपत्ता भएकाको आंगनीमा भेटघाट कार्यक्रम अन्र्तगत जिल्लाका बिभीन्न स्थानमा पुगेर परिवारसँग भेटघाट सुरु गरेका छन । शनिबार सिन्धुपाल्चोक जिल्लाका प्रथम सहिद गोविन्द घलेको जन्मस्थान मेलम्ची –९, चाँखुबाट सरु गरिएको भेटघाट कार्यक्रममा बाग्मती प्रदेसका पुर्व मन्त्री, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य युवराज दुलाल ,बागमति प्रदेस सचिवालय सदस्य चन्द्र बहादुर थापा लगायत नेता कार्यकर्ता उपस्थित हुनुहुन्छ । घलेको २०५३ साल माघ ९ गते हैबुङमा हत्या भएको थियो । भेटमा सहिद तथा वेपत्ता भएका परिवारलाई सम्मान ,उपहार प्रदान गरिने ,अवस्था बुझ्ने र उहाँहरुको दुखमा सहयोग गर्ने उद्देश्य रहेको बागमति प्रदेस सचिवालय सदस्य थापाले जानकारी दिनुभयो । फाुगन १४ देखि २१सहिद सप्ताह अन्तर्गत एक हप्ता जिल्लाका १८० सहिद र वेपत्ता १२ योद्धाको जन्म स्थानमा पुग्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
राजतीतिक परिवर्तन र जनअधिकार सम्पन्न गराउने महान् नेपाली जनयुद्धका सहिद र वेपत्ताहरुप्रति सम्मान का लागि २ नं प्रतिनिधी सभा निर्वाचन क्षेत्रिय समन्वय समितिको आयोजनामा कार्यक्रम गरिएको केन्द्रिय सदस्य युवराज दुलालले जानकारी दिनुभयो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *