संसदबाट एमसिसी पास गरे सडकबाट खारेज गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले अमेरिकाले नेपालमा जबर्जस्ति एमसिसी थोपर्न खोजेको र केहि राजनीतिक दलहरू जनभावनाविपरीत त्यसलाई पास गर्न न्वारानदेखिको बल लगाएर लागिपरेको भन्दै संसदीय अंकगणित बाट एमसिसी पारित गरिए सडकबाट खारेज गर्ने चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारीकि अध्यक्ष पंचा सिंहद्वारा जारी विज्ञप्तमा अमेरिकाले एमसिसी मार्फत नेपाललाई अन्तर्राष्ट्रिय भुराजनितिक क्रीडास्थल बनाउन लागिरहेको आशंका यथार्थमा परिणत हुँदै गएको र अमेरिकी सहायक विदेशी मन्त्रीले धम्किपुर्ण भाषामा नेपाली राजनीतिक नेतृत्वलाई एमसिसि पास गर्न दिएको दबाब प्रति ध्यानाकर्षण भएको बताउँदै अमेरिकी रबैया प्रती खेद प्रकट गरिएको छ ।

साथै विगतमा विभिन्न असमान सन्धिहरु गर्ने राजनीतिक शक्तिहरु जनताको विरोधका आवाजहरुको बेवास्ता गर्दै एमसिसी पास गर्न मरिमेटेर लागिपरेको भन्दै संसदबाट पास गरे सडकबाट खारेज गर्ने चेतावनी दिएको छ । विज्ञप्तिमा वर्तमान संकटको समयमा राष्ट्रवादी राजनीतिक शक्ति माओवादी केन्द्र र प्रचण्डमाथि विभिन्न झुठो भ्रम छर्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह समेत गरिएको छ ।

अनेरास्ववियू क्रान्तिकारीले सुरुवात देखी नै एमसिसीको विरोधमा विभिन्न विरोध कार्यक्रम हरु गर्दै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *