माओवादी केन्द्रको बन्दसत्र आज ११ बजेबाट

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दशत्र सुरु हुने माओवादी नेता जनार्दन शर्मा (प्रभाकर)ले जानकारी दिए । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गर्ने तयारी छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *