केपी ओली प्रधानमन्त्रीको कुर्सी भुल्न नसकेर छट्पटाइरहेका छन् : अध्यक्ष सिंह

काठमाडौं – अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सत्ता छाड्नुपर्दाको पीडाले प्रचण्डविरुद्ध केपी ओलीले आक्रोश पोखिरहेको आरोप लगाएकी छन्।

अखिल (क्रान्तिकारी) कैलालीद्वारा बिहीवार वीरेन्द्र बहुमुखी क्याम्पस टीकापुरमा आयोजित संगठन सुदृढीकरण अभियानको उद्घाटन गर्दै सिंहले एमाले अध्यक्ष ओलीमाथि यस्तो आरोप लगाएकी हुन्।

‘केपी ओली दुई-दुई पटक संसदको हत्या प्रयास गर्दा पनि सत्ताको आयु लम्ब्याउन नसकी कुर्सी छाड्नु पर्दाको पीडा भुल्न नसकेर प्रचण्डमाथि बिषवमन गरिरहेछन्’ उनले भनिन्, ‘उनलाई साढे तीन वर्षको बालुवाटार बसाइ भुल्न निकै कठिन भइरहेको छ।’ उनले गणतन्त्रका लागि भएको संघर्षमा केपी ओलीको भूमिका के थियो भनी प्रश्न पनि गरिन्। ‘नेपाली राजनीतिमा बयलगाडा के हो, नेपाली जनतालाई राम्रोसँग थाहा छ’ उनले भनिन्।

हालै ओलीले प्रचण्डलाई जनयुद्धबकालमा तत्कालिन राजा ज्ञानेन्द्रसँग ५ बुँदे गोप्य सम्झौता गरेको तथा सेयर कारोबारीबाट चन्दा नपाएपछि पुँजीबजारमाथी गलत अभिव्यक्ति दिएको टिप्पणी गरेपछि दुई नेताबीच तिक्तता बढेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *