करार शिक्षकलाई स्थायी गरिए शसक्त प्रतिरोध गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

काठमाडौं– सत्तारुढ गठबन्धमा रहेका दलनिकटका विद्यार्थी संगठनहरुले करार शिक्षकलाई स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउन माग गरेका  छन्।

नेपाली कांग्रेसनिकट नेवि संघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी यूनियन लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने बताएका छन्। आफूहरुको माग विपरीत करार शिक्षकलाई स्थायी गरिए शसक्त प्रतिरोधमा उत्रने पनि उनीहरुले चेतावनी दिएका छन्।

विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा ऐन विपरीत सिटिइभिटीले गर्न खोजेको भर्नाको बारेमा पनि ध्यानाकर्षण भएको जनाएका छ। उनीहरुले रोकिएको पीसीएल नर्सिङको भर्ना  तत्काल खुलाउन पनि माग गरेका छन्।

विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलनलाई सशक्त बनाउँदै थप ‘कठोर क्रियात्मक’ कार्यक्रम सार्वजनिक गरिने पनि बताएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *