ओलीले एमालेलाई नारायणी नदीमा ‘तिलाञ्जली’ दिइसके : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले नेकपा (एमाले)लाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताएका छन् । सोमबार (आज) सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष ओलीको पार्टी समाप्त भइसकेको जिकिर गरेका हुन् ।

यसका साथै अध्यक्ष नेपालले एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने भन्दै ‘ओली एण्ड कम्पनी’को दिन सकिएको बताए । त्यस्तै पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको भन्दै उनले व्यंग्य समेत गरेका थिए ।एमालेभन्दा आफ्नो पार्टी नेकपा (एस) देशभर मजबुत बन्दै गएको दाबी गर्दै उनले सत्ता गठबन्धन दलहरूको अगाडि ओलीको केही नलाग्ने बताए ।

अध्यक्ष नेपालले भनेका छन्, ‘त्यो जमात अब क्रान्तिकारी रहेन । कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन । माक्र्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगाइदिसकेको छ ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *